ह्याम्स हस्पिटलले आइपीओ जारी गर्ने प्रस्ताव सहित बोलायो साधारण सभा

ह्याम्स हस्पिटल अर्थात् ’हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड’ ले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज २६ गते आर्थिक वर्ष २०७९/८० को साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको कार्यालय का.जि बुढानिलकण्ठ न.पा वडा न ९ मा दिनको २ बजे शुरु हुने जनाएको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आइपीओ निष्काशन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । कम्पनीले काठमाडौँको धुम्बाराहीमा अस्पताल संचालन गरिरहेको छ ।

Comments

Back to top