नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब माथि!

आज बिहिबार सेयर बजार उच्च अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका २७८ कम्पनीको कुल १ करोड १२  लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँमा कारोबार भयो।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ।सबैभन्दा धेरै गुमाउनेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ जसको ४.०७% ले सेयर मूल्य घटेको छ।  कारोबार रकमका आधारमा यसदिन सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोडको १८ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top