सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउँदैछ ।
कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो ।
नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १५८ दशमलव ४१ देखि ४७५ दशमलव २३ रुपैँयाको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।
Comments