फेडेरल रिइन्स्योरेन्स  ब्रोकर्सले आइपीओ निष्कासन गर्ने, साधारण सभा असोज २५ गते बस्दै

फेडेरल रिइन्स्योरेन्स  ब्रोकर्सले आइपीओ निष्कासन गर्ने मुख्य प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ। सभा असोज २५ गते यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय, नक्सान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ।

सभामा आइपीओ निष्कासन अन्य कम्पनीसँग गाभ्ने वा गाभिने विषयमा प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र अन्य एजेण्डाहरु पनि पेश गरेका छन् ।

Comments

Back to top