मिड सोलु हाइड्रोपावरको आईपीओमा साढे १३ लाख बढीको आवेदन

मिड सोलु हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उक्त आवेदनबाट कम्पनीले एक अर्ब ५१ करोड २२ लाख २५ हजार रूपैयाँ संकलन गरेको छ ।

कम्पनीले ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो । अन्तिम दिनसम्मको तथ्यांक अनुसार यो माग भन्दा २४.३४ गुणा बढी हो । कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

Comments

Back to top