मंगलबार नेप्सेमा १६ अंकको वृद्धि, बढ्यो कारोबार रकम पनि!

आज मंगलबार सेयर बजार केही अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.२४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका २७२ कम्पनीको कुल ४३ लाख ३६ हजार ५८३ कित्ता सेयर १ अर्ब १७ करोड ६६ लाख रुपैयाँमा कारोबार भयो।

आज कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेका छन्। यस दिन हाइड्रो पावर उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा शुभम पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ।सबैभन्दा धेरै गुमाउनेमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ जसको ८% ले सेयर मूल्य घटेको छ।  कारोबार रकम र भोल्यूमका आधारमा यसदिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोडको ६४ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top