लाभांश पारित गर्न ओरियन्टल होटल्सले असोज २५ मा बोलायो एजीएम

ओरियन्टल होटल्सले लाभांश प्रस्तावसहित असोज २५ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३२% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसअनुसार यस कम्पनीले ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ ९३ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । साथै, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । साधारण सभा तथा लभांश प्रयोजनको लागि ओरियन्टलले असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

Comments

Back to top