सामान्य अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो!

दाेस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका २७१ कम्पनीको कुल २८ लाख ७४ हजार २७५ कित्ता सेयर ८७ करोड ४ लाख रुपैयाँमा कारोबार भयो।

आज कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको हो। जसमध्ये जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९९% ले वृद्धि भएको छ।सबैभन्दा धेरै गुमाउनेमा शुभम पावर लिमिटेड रहेको छ जसको ९.९९% ले सेयर मूल्य घटेको छ।  कारोबार रकम र भोल्यूमका आधारमा यसदिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोडको ३८ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top