सिटिजन्स बैंकद्वारा ५.७९ प्रतिशत लाभांश घोषणा

सिटिजन्स बैंकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ५ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

Comments

Back to top