नेपाल इन्स्योरेन्स कम्पनीमा वरिष्ठ सहायक र कनिष्ठ अधिकृतका लागि दरखास्त आह्वान

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एक सूचना जारी गर्दै सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लाका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कार्यालय प्रमुखमा वरिष्ठ सहायक र कनिष्ठ अधिकृतका लागि कर्मचारी माग गरेको हो ।

स्नातक तह उत्तिर्ण गरेको र सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्नेछन्। साथै, दुईपाँग्रे सवारी चालक अनुमतिपत्र प्राप्त गरेको उम्मेदवारलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

Comments

Back to top