समता घरेलु लघुवित्त वित्तीय संस्था एफपीओ जारी गर्दै
समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ। कम्पनीले सेयर जारी गर्नका लागि बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।
समता लघुवित्त र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएपछि सेयर संरचना परिवतर्न भएको थियो। समताको १०० र घरेलुको ८० रुपैयाँ कायम हुने गरि दुबै संस्था गाभिएका थिए।
गाभिएपछि चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँ छ। यसको २० प्रतिशत वोनस शेयरपछि चुक्ता पूँजी ३४ करोड २७ लाख रुपैयाँ पुगेको थियो। नयाँ पुँजीपछि संयर संरचना असन्तुलित भएको थियो। संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले २ करोड ८९ लाख ४४ हजार रुपैयाँको एफपीओ जारी गर्न लागेको हो।
सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
Comments