नेप्सेले बनायो डोजी क्यान्डल, के अब ट्रेण्ड रिभर्सल होला ?
आज आइतबार ३.६६ अंकले घटेर ०.१४ % गिरावटको साथ नेप्से २५४३.३९ अंकमा बन्द भएको छ। कारोबार भएका २३० कम्पनीमध्ये ७८ कम्पनी उकालो लागेका छन्, १०१ कम्पनी ओरालो लागेका छन् र १३ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समुहमध्ये ४ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् भने बाँकि ९ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।
बजार पूँजीकरण घटेर रु ३६ खर्ब ०२ अर्ब पुगेको छ ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः ३६६ ) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२५४३ ) मा आएर बन्द भएको छ। नेप्से लोवर ब्याण्डको सपोर्टमा बन्द भएको हो।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा -५० ले तल आएको देखिन्छ। हिस्टोग्राम हिजोको -१९ भन्दा केहि बढेर आज -२५ अकंमा छ। एमएसिडी लाइन निरन्तर तलतिर लागेको देखाएको छ र सिग्नल लाइन जिरो लाइन भन्दा तल -२६ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रि चाप बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइनले सिग्नल लाइनलाई क्रस गरेर तल लागेको देखिएको छ साथै -१४ डिएमआई लाइन माथि नै लागेको र आज माथि बाट साइड तिर लागेको देखिन्छ र सिग्नल लाइन तलतिर बाट +डीएमआइ लाइनलाइ क्रस गरेर माथि लागेको देखिएको छ जसले अलिकति ट्रेन्ड निरन्तरता दिने जस्तो देखाएको छ । +१४ डिएमआई र -१४ डिएमआई लाईन दुवै विपरित दिशामा बढिराखेको देखिन्छ जसले सेलिंग बढी भएको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले डोजी क्यान्डल बनाएको छ जसले बजारको कुनै निश्चित दिशा नभएको जनाउँछ ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -२९५४ देखि बढेर -२९७७ मा आएको छ। नेप्सेको कुल भोल्युम ४४९३५७७ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (७११२०४५) को ६३ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड २५४३ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -५० मा पुगेको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -२६ मा आएको छ भने हिस्टोग्राम -२५ मा रहेको छ ।
-१४ डिएमआई लाइन निरन्तर माथि लागेको को छ भने +१४ डिएमआई लाईन तलतिर लागेको छ र एडिएक्स लाइन +डी आइ लाइनलाइ क्रस गरेर माथितिर फर्किन लागेको देखिन्छ जसले ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ। आज पनि बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज २९ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २५३० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २५६० को एरिया रहेको देखिन्छ।
Comments