चार अंकले घटेको नेप्से बजार खुल्दा रोलर-कोस्टर राइडमा

चार अंकले घटेको नेप्सेको प्रिओपन सेसन बजार खुलेपछि भने उकालो लागेर २१ अंकले वृद्धि भएर नेप्से परिसूचक २५६८ पुगेको थियो । तर त्यो बिन्दुमा सेलिङ्ग प्रेसर बढ्दै गएपछि नेप्से -२० अंकले घटेर २५२७ मा पुगेको थियो जुन अहिलेको न्युन बिन्दु बन्न पुग्यो । यसरी नेप्सेले २०-२० अंकको भोलाटाइलिटि सामना गर्दै अहिले १ बजे सम्ममा नेप्से पुनः १२ अंकले उकालो लागेको छ। बजार केहि थामिए जस्तो देखिए पनि कारोबार भने सुस्ताएको देखिन्छ। २ घण्टामा करिब १.२ अर्बको कारोबार गर्दा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

Comments

Back to top