लाल्टिन मासिक समिक्षा
४ महिना देखि घट्दो क्रममा रहेको नेप्सेमा यस महिना भने बुलिश सेन्टीमेन्ट देखिएको छ। यस महिनाको पहिलो कारोबार दिन १८५०.७९ को बिन्दुमा खुलेको नेप्से ३०१.२(१६.२८ प्रतिशत)ले बढ्दा महिनाको अन्तिम कारोबार दिन सूचक २१५०.९९को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ।
नेप्से उप-समुह (Sub-Index)
प्राविधिक विश्लेषण
चार महिनाको घटाइलाई एक्कै चोटीमा इन्गल्फ़ गरेको नेप्सेले बोलिंगेरको मिडल ब्याण्डमा रेसिस्ट्यान्स लिएको देखिन्छ।
एमएसिडि लाईन यस महिना -७१.९० बाट बढेर -५६.५ मा आएको छ र हिस्टोग्राम यो साता बढेर -६३.२९ बाट -३८.०३ मा पुगेको छ जसले बजारमा खरिद चाप यस महिना बढेको देखिन्छ। जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -१८.१२ मा आएको छ। +१४ डिएमआई लाईन अहिले २७.४५ मा रहेको छ भने -१४ डिएमआई लाईन २३.९८ मा रहेको छ। ए.डी.एक्स १९.४५ मा रेहको छ। आरएसआइ ४२.१६ बाट बढेर ५१.६५ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढेको देखिन्छ ।
बजारमा पहिलो सपोर्ट २०३० को एरियामा देखिन्छ भने अबको प्रतिरोध २२१० मा रहने छ। बजारमा डिएमआई लाईनले बुलिश क्रस दिएको भए पनि एडीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा कुनै पनि ट्रेन्डको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ।
Comments