शिवम् सिमेन्टको प्रोमोटर सेयर बिक्री आज आइतबारबाट
शिवम् सिमेन्टले आईपिओ जारी गरेको ३ वर्ष पुरा भएको छ ।शिवम् सिमेन्टले आजबाट संस्थापक सेयर बिक्री गर्न पाउने भएको छ ।
कम्पनीले आईपिओ जारी गरेको आज तीन वर्ष पुरा भएपछि सेयर बिक्री गर्न पाउने भएको हो । २०७५ साल फागुन २२ गते आईपिओ बाँडफाँड गरेको उक्त कम्पनीको आजबाट लाखौं कित्ता शेयर बिक्रीका लागि खुल्ला भएको छ । आईपिओ जारी गरेपछि तीन वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाउने व्यवस्था कम्पनीको लागि आजबाट हटेको छ ।
यस कम्पनिको ८८ प्रतिशत संस्थापक र १२ प्रतिशत सर्वसाधारण सेयर नेप्सेमा सुचिकृत भएको थियो । आजबाट संस्थापक शेयरहरु पनि दोस्रो बजारमा कारोबारको लागि खुला भएको छ। तीन वर्ष पुगेसँगै कम्पनीको तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको तीन करोड ८७ लाख २० हजार कित्ता संस्थापक सेयर बजारमा बिक्रीका लागि योग्य भएका छन्। अन्तिम कारोबार दिन बुधबार यस कम्पनिको सेयर मूल्य प्रति कित्ता ११६८ मा दोस्रो बजारमा कारोबार भएर बन्द भएको थियो।
Comments