नेप्से इन्ट्राडे अपडेट: भारी अंकको गिरावट!
आज बुधबार नेप्से बजार २३.५८ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१६० को नजिक आएको छ। २३.५८ अङ्कले घटेर नेप्से परिसूचक २१६२.७८ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ९२ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा बिपीडब्लु लघुवित्त रहेका छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एनआइबिएल प्रगति फण्ड रहेको छ।
Comments