नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि!

आज  बिहीबार नेप्से बजार १३.४१ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०६५ को नजिक आएको छ। १३.४१ अङ्कले बढेर नेप्से परिसूचक २०६४.१९ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ४८ करोड ४३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा हिमालयन लाइफ इन्स्योरेन्स  रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा इन्ग्वा हाईड्रोपावर  रहेको छ।

Comments

Back to top