नेप्सेमा गिरावट, कहाँ रोकिएला बजार ?

पछिल्लो समय निरान्तर बढेको सेयर बजारमा मंगलबार दोहोरो अंकको करेक्सन देखिएको छ । मंगलबार नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा आएको छ । यसदिन ४ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।  यसअघि लगातार ९ दिनसम्म बढेको सेयर बजारमा सोमबार पनि सामान्य करेक्सन देखिएको थियो । 
निरन्तर बढेको बजारबाट ट्रेडरले नाफा बुक गर्न थालेपछि नेप्सेमा सामान्य दबाब परेको हो । लगातार बढिरहेको बजारमा करेक्सन आउनुलाई स्वाभाविक नै मानिने गरेको छ । बजारमा ट्रेडर र इन्भेष्टर दुवैकोे उपस्थिति हुने गर्दछ । नाफा बुक गर्न चाहने ट्रेडरहरु हाबी हुँदा बिक्री चाप पर्दछ र बजारमा केही दबाबमा पर्ने गर्छ । तसर्थ, बजार एकोहोरो बढिरहने वा घटिरहने मात्र गर्दैन । 
इम्पल्सिभ मुभ आएर च्यानल ब्रेक गरेको नेप्सेमा २०४०-२०२०सम्ममा करेक्सन रोकिए बजारले २२००को एरिया सम्म ट्रेड गर्ने मिल्ने अवसर दिने देखिन्छ।  हाललाई लगानी गर्दा १९८०को बिन्दुलाई स्टप लस मान्नु उचित रहन्छ।  
ब्याजदर सहज भएमा ऋण लिएर लगानी गर्नेहरु पनि बढ्नसक्ने भएकाले सेयर बजार थप चलायमान हुने अनुमान गर्न सकिन्छ । यद्दपि, आम लगानीकर्ताले आफ्नो जोखिम बहन गर्नसक्ने क्षमता, बजार सम्बन्धी ज्ञानलाई मध्यनजर गरी लगानी गर्नुपर्ने हुन्छ । 

Comments

Back to top