नेप्से इन्ट्राडे अपडेट:सामान्य अंकको वृद्धि!
आज मंगलबार नेप्से बजार ३.१८ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०९५ को नजिक आएको छ। ३.१८ अङ्कले बढेर नेप्से परिसूचक २०९४.५७ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब १४ करोड २२ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा सिटी होटेल रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा युनिक नेपाल लघुवित्त रहेको छ।
Comments