बजारमा बुलिश रौनक सूचक ५२.२६ अंकले बढ्याे

सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

नेप्से २१०० अंकको प्रतिरोध नजिक पुग्दा पनि मुमेन्टम झन् बलियो हुनाले बजार छिटै २४००को बिन्दु सम्म पुग्ने अनुमान लगाउन सकिन्छ।  नँया लगानीका लागि भने लगानीकर्ता सजक रहनु पर्ने देखिन्छ।  लगातार ९ दिन सम्म बढेको बजारमा जुनै बेला पनि करेक्सन आउन सक्ने सम्भावना रहने छ।  नँया लगानी गर्नका लागि अब बजारले १९८०को एरिया( २०० को मुभिङ्ग अभेरेज)लाई रेटेस्ट गर्न आउदा लगानी गर्नु उचित देखिन्छ।  

बजारमा सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ ।  यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ कराेड ९१ लाख ८४ हजार १६ रुपैयाँ काराेबार भएकाे छ । 

३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स र सोल्टी होटल परेका छन् । 

Comments

Back to top