नेप्से इन्ट्राडे अपडेट: भारी अंकको वृद्धि!
आज आइतबार नेप्से बजार ३५.२९ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०७५ को नजिक आएको छ। ३५.२९ अङ्कले बढेर नेप्से परिसूचक २०७७.३५ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ३७ करोड ६३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा मेन्छियम हाईड्रो पावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा शुवम पावर रहेको छ।
Comments