मेन्छियाम हाइड्रोपावरको आईपीओ सूचीकृत
मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यो शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १६ लाख २७ हजार ७५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता गरी कुल ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ७७ दशमलव ४५ देखि २३२ दशमलव ३५ ओपन रेञ्ज तोकेको छ ।
Comments