नेप्सेमा सामान्य अंकको वृद्धि,कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख!

आज बिहीबार ५.०० अङ्कले बढेर ०.२५% वृद्धिका साथ नेप्से परिसूचक २०४२.०७ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७० कम्पनीमध्ये ७५ कम्पनी उकालो लागेका छन्, १३९ कम्पनी ओरालो लागेका छन् भने ९ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका ७ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।


प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सिटी होटेल रहेको छ जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा भूगोल इनर्जी जसको सेयर मूल्य ५.८६% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम सिमेंट्सको र भोल्यूममा सोल्टी होटेलको कारोबार भएको छ। 

Comments

Back to top