बजारमा रोचक भोल्याटिलिटि, वृद्धि कायमै !

सेयर बजार १६.४२ अंकले बढेको छ । 

बुधबार नेप्से सूचक १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा आएर बजार बन्द भएको हो । इन्ट्राडेमा २०६७सम्म हाइ बनाएको नेप्सेमा एकाएक विक्री चाप आएर बजारले इन्ट्रा डे लो २०१५सम्म बनाएको थियो। यद्यपि बजारले २ बजेर ५० मिनेट पछि रिकभरी गर्दा सूचक १६.४२अङ्कका वृद्धिका साथ २०३७मा बन्द भएको छ।  बढ्दो क्रममा रहेको भोल्युम र कारोबार रकम आज पनि बढेकै देखिएको छ।  १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।  

नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्य बढ्दा ९१ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । साथै  ६ कम्पनीको भाउ स्थिर छ । बुधबार सर्वाधिक शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

Comments

Back to top