ग्रीन भेन्चर्सको नाफा बढ्यो
ग्रीन भेन्चर्स लिमिडेटले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ३० करोड १६ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
एक वर्षको अवधिमा यस कम्पनीको खुद नाफा २३ करोड ४४ लाख ७८ हजार रुपैयाँले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ६ करोड ७१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी बढेकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब २१ करोड ९८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ६० करोड ६५ लाख ६० हजार रुपैयाँ कमाएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्रीनको चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहको छ । रिटेन अर्निङ २० करोड ८० लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६६ पैसा रहेको छ ।
Comments