आन्दोलनकारीसँग वार्ता गर्न कोशी प्रदेश सरकारद्वारा समिति गठन

कोशी प्रदेश सरकारले आन्दोलनकारीसँग वार्ता गर्न समिति गठन गरेको छ ।

आफू नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि मुख्यमन्त्री हिक्मत कार्कीले आज वार्ता टोली गठन गरेका हुन् ।

मंगलबार मात्रै माओवादी केन्द्रले सरकार छाडेर समर्थनसमेत फिर्ता लिएपछि एमाले नेता कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको थियो । 

फागुन १७ मा कोशी नामकरण गरेपछि त्यसको खारेजीको माग गर्दै पहिचान पक्षधरहरू आन्दोलनरत छन् ।
यसअघि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले सरकार ढल्ने भएपछि भने वार्ता समिति बनाएका छन्। 

प्रदेशका खानेपानी तथा सिँचाइमन्त्री  तिलकुमार मेयाङ्बोको नेतृत्वमा  तीन सदस्यीय वार्ता टोली गठन भएको हो ।

समितिका सदस्यहरूमा कृषिमन्त्री भक्ति सिटौला  र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी छन् ।

Comments

Back to top