नेप्सेमा २३.९४ अंकको बृद्धि, सेयर कारोबार ५ अर्ब २० करोडको !

मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २,११५.९४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१७ कम्पनीको कुल १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयरको करिब ५ अर्ब २० करोड ६२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ, ४३ कम्पनीको मूल्यमा गिरावट छ भने, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक  बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा जानकी फाइनान्स लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.२८% ले घटेको छ। कारोबार रकमका आधारमा पोखरा फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top