चीनले ऋणको ब्याजदर घटायो

चीनको केन्द्रीय बैंक व्यक्तिगत आवास सञ्चय कोषको ऋणको ब्याजदरमा शून्य दशमलव २५ प्रतिशत अंकले कटौती गर्ने घोषणा गरेको छ । मे १८ देखि लागू हुनेगरी पिपुल्स बैंक अफ चाइनाले पाँच वर्षभित्र परिपक्व हुने पहिलो–घर कर्जाको ब्याजदर दुई दशमलव ३५ प्रतिशत र पाँच वर्षभन्दा माथिको ब्याजदर दुई दशमलव ८५ प्रतिशत कायम गरेको छ ।

दोस्रो–घर खरिदका लागि पाँच वर्षभित्र परिपक्व हुने ऋणको ब्याजदर दुई दशमलव ७७५ प्रतिशतभन्दा कम हुने छैन भने पाँच वर्षभन्दा बढीको ब्याजदर तीन दशमलव ३२५ प्रतिशतभन्दा कम हुनेछैन ।

चीनमा घरजग्गा बजारले मानिसहरुको तत्काल चासो र चीनको समग्र आर्थिक र सामाजिक विकासलाई समावेश गर्दछ । केन्द्रीय बैंकले ब्याजदर घटाउँदा सम्पत्तिको मागलाई बढवा दिने र पहिलो र दोस्रो पटक घर खरिद गर्नेहरुको विश्वासलाई ठूलो मात्रामा बढाउन सक्ने विश्वास गरिएको छ ।

एजेन्सी

Comments

Back to top