सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं केन्द्रीय सल्लाहकार सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति पुगेको जनाएको छ । 

बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको थियो । शोक वक्तव्य जारी गर्दै पार्टी महासचिव देवप्रसाद गुरुङले दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका हुन्। 

Comments

Back to top