आइएमई जनरल इन्स्योरेन्सकाे ४०% हकप्रद सेयर निष्काशन भोलि आइतबारदेखि

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आइतबार देखि ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएकाे हो ।

उक्त हकप्रद सेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ।

यस आधारमा फागुन २७ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्ने भएका छन्। हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ। ४० प्रतिशत हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई कयापिटल लिमिटेड रहेको छ। हकप्रद सेयरमा आवेदकले ग्लोबल आइएमई क्यापिटल र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका उपत्यका बाहिर र भित्रका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एपमार्फत पनि हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

Comments

Back to top