भुटानी शरणार्थी प्रकरण : ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिवाना गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा उल्लेख
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ ।
सो प्रकरणमा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष सिफारिस गर्दै अध्ययन प्रतिवेदन बुझाएको छ ।
प्रहरीले पक्राउ परेका १६ जनासहित ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गर्दै प्रतिवेदन तयार पारेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार १६ जना पक्राउ परे पनि १६ जना नै फरार रहेका छन् ।
Comments