दुई दशक पछि बंगलादेशमा शक्तिशाली आँधी आउने चेतावनी

अकल्पनिय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बंगलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातले बिध्वंस‌ निम्ताउन सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित बिध्वंस‌बाट बचाउनका लागि बंगलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ । 

प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने ‘मोखा’ नामको आँधीले बंगलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आंकलन गरी सो शिविरहरु निमार्ण गरिएको हो । सो आँधी आइतवार साँझ कक्स बजारको जमिनलाई तहस नहस गरेर अघि बढने मौसमविद्हरुले अनुमान गरेका छन् । सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिबिरमा बसोबास गरिरहेका छन । 

बंगलादेशले दुई दशक पछि आईरहेको सबै भन्दा शक्तिशाली आँधीको रुपमा मोखालाई लिएको छ ।

Comments

Back to top