पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउको विरोधमा समर्थकद्वारा प्रदर्शन

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउको विरोधमा प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन् ।

इस्लामावादमा इमरान खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरू जम्मा भएका छन् । उनीहरूलाई हटाउन प्रहरी पुगेको छ ।

बीबीसी संवाददाता फुरकानका अनुसार खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका छन् ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिरहेको छ । सोही क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् ।

Comments

Back to top