फ्रान्सका राष्ट्रपति म्याक्रोनले २३ वर्षपछि जर्मनीको राजकीय भ्रमण गर्ने

ऊर्जा नीतिदेखि चीनसम्मका विषयमा जारी तनावका बीच फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले आगामी जुलाईमा जर्मनीको पहिलो राजकीय भ्रमण गर्ने भएका छन् । 

राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरको निमन्त्रणामा राष्ट्रपति म्याक्रोनले जुलाई २ देखि ४ सम्म जर्मनीको भ्रमण गर्ने भएका छन् ।

स्टाइनमियरको कार्याकालको २३ वर्षमा फ्रान्सका राष्ट्रपतिको यो पहिलो राजकीय भ्रमण हुने जनाएको छ ।

म्याक्रोनले स्टेनमियरसँग ‘जर्मनीका विभिन्न क्षेत्रहरू’ को भ्रमण गर्नेछन् र हाम्रा राज्यहरू, हाम्रा नागरिकहरू र विशेष गरी जर्मन र फ्रान्सेली युवाहरू बीचको अद्वितीय सम्बन्धलाई जोड दिने बताएका छन् । 

 

Comments

Back to top