नेप्से साप्ताहिक विश्लेषण: नेप्से भारी अंकले घट्दा लगानी गर्ने अवसर सिर्जित

गत साता २.६%  ले घटेको नेप्से यो साता  भने  ४.३%ले घटेको छ।यस साताको पहिलो कारोबार दिन आइतबार २६६० को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बुधबार सम्म ११४ अंकले घटेर २५४६ को बिन्दुमा आएको छ। सातामा जम्मा तीन दिन कारोबार हुँदा पनि अघिल्लो साताभन्दा भारी गिरावट आएको हो। २७०० को बिन्दु लाई राम्रो सपोर्ट बनाएको नेप्सेले साताको अन्तिम कारोबारमा भने सपोर्ट तोडेर तल आएको देखिन्छ।

यस साता कारोबार भएका १३ उप-समुहहरु सबै ओरालो लागेका छन्।

यस साताको टप गेनर्स(Top Gainers)

यस साताको टप लुजर्स(Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Units )

प्राबिधिक विश्लेषण

नेप्सेले मिडल ब्याण्डको सपोर्ट २७९०  लाइ ब्रेक गरेर मिडल ब्याण्ड भन्दा तल  क्लोज भएको छ जसले बजारमा बिक्रि बढी  भएको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -९ मा आएको छ र  सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल आएको छ जसले  बजारमा बिक्रिकर्ता हावि भएको जनाउँछ। -१४ डिएमआई लाईनल, +१४ डिएमआई लाईन माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउछ । आरएसआइ ४७  बाट घटेर ४३ मा आएको छ जसबाट आरएसआइको अपवार्ड मोमेन्टनमा घटेको  देखिन्छ । फिबोनाकी ०.६१ को रेसियो अनुसार नेप्सेको आगामी दिनको नजिकको सपोर्ट  २५३० रहेको देखिन्छ र आगामी दिनको अवरोध २६८५  मा रहेको छ।

यसरी, नेप्से लगातार घट्दा सेकेण्डरी मार्केटमा इन्ट्री गर्नको लागि यो उपयुक्त समय भएको विश्लेषकहरु बताउँछन् । तर, आम लगानीकर्ता ‘पर्ख र हेर’को स्थितिमा रहेको देखिन्छन् ।

Comments

Back to top