प्रदेश १ को नाम 'कोसी' राख्न एमालेले दर्ता गरायो प्रस्ताव, माओवादी केन्द्रले पनि जनायो सहमति
नेकपा एमालेले प्रदेश १ को नामकरणका लागि प्रस्ताव दर्ता गरेको छ ।
बुधबार एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम ‘कोसी’ राख्न प्रस्ताव पेस गरेको हो । एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर ‘कोसी’ प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन् ।
प्रदेश-१ को नाम ‘कोसी’ राख्ने विषयमा नेकपा माओवादी केन्द्रले पनि सहमति जनाएको छ । माओवादी केन्द्रले ‘कोसी’मा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए ।
यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको थियो । तर संसदीय दलको बैठकले कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उप्रेतीले जानकारी दिए ।
Comments