परिवर्तित राजनीतिक सन्दर्भमा छलफल गर्न राप्रपाले बोलायो आकस्मिक बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
राष्ट्रपतिको निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।
Comments