तीन जिल्ला कमिटी बिघटन गरेर एमालेले तोक्यो अधिवेसन मिति
नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ ।
जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी बिघटनको निर्णय गरेको हो । एमालेका अनुसार बिघटित जिल्लाहरुकाे अधिबेसन ताेकिएकाे छ ।
साथै, सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।
उनका अनुसार अधिवेशनको बेला बिवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिती विघटन गरिएको हो । जिल्ला अधिवेसन पछि नयाँ नेतृत्व आउनेछ ।
Comments