सपोर्टले पनि धानेन नेप्से, भारी अंकको पहिरो

आज बुधबार ६३.९८ अंकले घटेर २.४५ % गिरावटको साथ नेप्से  २५४६.६० अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये  ३ कम्पनी उकालो लागेका छन्, १८८ कम्पनी ओरालो लागेका छन् र कोही पनि कम्पनी स्थिर रहेका छैनन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै १३ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।

बजार पूँजीकरण घटेर रु ३६ खर्ब ०७ अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: March 2, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः ३५२ ) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२५६७ ) भन्दा तल आएर २५४६ मा बन्द भएको छ। नेप्सेले लोवर ब्याण्डको सपोर्ट भन्दा तल क्लोज हुँदा बजारमा बिक्रि बढी भएको जनाउँछ ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -४३ ले तल आएको  देखिन्छ। हिस्टोग्राम हिजोको  -१९ भन्दा केहि बढेर  आज  -२३ अकंमा छ। एमएसिडी लाइन निरन्तर तलतिर लागेको  देखाएको छ  र सिग्नल लाइन जिरो लाइन भन्दा तल  -१९.७ मा आएको  छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रि चाप बढी भएको देखिन्छ।  

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तल लागेको  देखिएको छ  साथै  -१४ डिएमआई लाइन माथि नै लागेको  छ  र सिग्नल लाइन तलतिर बाट माथितिर लाग्न  लागेको  देखिएको छ जसले  ट्रेन्ड निरन्तरता दिने सम्भावना छ ।  +१४ डिएमआई र -१४ डिएमआई लाईनले एक अर्कालाई क्रस गरेर दुवै बिपरित दिशामा  तिब्र गतिमा बढिराखेको देखिन्छ जसले बिक्रि बढी भएको जनाउँछ। 

४. क्यान्डलस्टिक

आज नेप्सेले बियेरिस माराबोजु क्यान्डल बनाएको छ जसले बजारमा सेलिङ्ग बढी भएको देखाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: March 2, 2022

क्युमुलेटिभ एडी लाइन  -२७६७ देखि बढेर -२९५४ मा आएको छ। नेप्सेको कुल भोल्युम  ६५९७८७८  रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (७२९८८७८)  को ९० प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड २५६७ भन्दा तल क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल  -४१ मा पुगेको  छ र सिग्नल लाईन पनि जिरो लाइन तल -१९   मा  आएको छ भने हिस्टोग्राम -२३ मा रहेको छ ।

-१४ डिएमआई लाइन निरन्तर माथि लागेको को   छ भने +१४ डिएमआई लाईन तलतिर  लागेको छ  र एडिएक्स लाइन माथितिर फर्किएको  देखिन्छ जसले  ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको जसले  बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ३४ बाट घटेर २९ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको  जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २५२०  को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २६९० को एरिया रहेको देखिन्छ।

Comments

Back to top