डिस होमका ग्राहकले विश्वकप हेर्न पाउने!

डिस होमका ग्राहकहरूले विश्वकप फुटबलको लाइभ स्ट्रिम हेर्न सक्नेछन्।

व्यवसायका अनुसार डिस होम प्रयोग गर्ने ग्राहकले विश्वकप प्याकेजका लागि रु ५६५ तिरेर बन्डल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो प्याकेज खरिद गरेका ग्राहकले विश्वकपका सबै खेल हेर्न पाउने कम्पनीका महाप्रबन्धक रमेश सापकोटाले जानकारी दिए । उनले भने, "हामीले डिस होम उपभोक्ताहरूलाई लाइभ फुटबल प्रसारण सेवाहरूमा पहुँच प्रदान गरेर एउटा  प्याकेज ल्याएका छौं।" 

ग्राहकले आइएमई पे, खल्ती, इ–सेवा, पे प्वाइट, प्रभु पे मार्फत अनलाइन भुक्तानी गर्न सक्ने कम्पनीको दाबी छ । ग्राहकहरूले डिस होम डिलरबाट योजना खरिद गरी विश्वकप हेर्न सक्नेछन्।

Comments

Back to top