सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सकोचालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ । यस अवधिमा नाफा ३३.८९ प्रतिशतले बढेर २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २२ करोड ६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो । १ वर्षको अवधिमा खुद बिमा शुल्क आर्जन ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ४४ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

यता, कर्जा तथा लगानीबाट हुने आम्दानी ६१.९६ प्रतिशतले बढेर २ अर्ब २८ करोड ५० लाख ६० हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी पनि ४४.१९ प्रतिशतले बढेर ८ अर्ब ८९ करोड ५६ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

हाल यसको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ २० पैसाले बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा छ ।

एजेन्सी

Comments

Back to top