बन्धक रिहा गर्न हमासलाई विश्वका १८ मुलुकको संयुक्त आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिकासहितका विभिन्न मुलुकले आग्रह गरेका छन्।

विश्वका विभिन्न अठार देशले संयुक्त वक्तव्य जारी गर्दै दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न हमाससामु आग्रह गरेका हुन् ।

हमासले बन्धकलाई रिहा गरेसँगै गाजामा तत्काल युद्धविराम हुने वक्तव्यमा उल्लेख छ । हमासको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने उनीहरूले दक्षिणी इजरायलबाट २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए ।

हमासको आक्रमणपछि इजरायले बदलास्वरुप हमला जारी राखेको छ । लामोसमय देखि जारी युद्धका कारण मानवीय संकट चुलिदै गएपछि अन्र्तराष्ट्रिय चासो बढेको हो ।

संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, कोलम्बिया, डेनमार्क, फ्रान्स, जर्मनी, हङ्गेरी, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्पेन र थाइल्याण्डले विज्ञप्ती जारी गरेका हुन्।

विज्ञप्तीमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र नागरिक जनसङ्ख्याको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय हो । गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन र शत्रुताको विश्वसनीय अन्त्य हुनेछ ।”

एजेन्सी

Comments

Back to top