प्रभु बैंकको वैशाख २० गते वार्षिक साधारण सभा

प्रभु बैंकको वार्षिक साधारण सभा वैशाख २० गते बस्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि २०८१ वैशाख ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top