मंसिर १६ देखि पोखरामा राष्ट्रिय औधोगिक ब्यापार मेला हुने

पोखराको प्रदर्शनी केन्द्रमा २० औं संस्करणको मेला मंसिर १६ देखि २५ गतेसम्म  आयोजना हुने आयोजकले जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला यो वर्ष मंसिर १६ गतेदेखि हुने भएको छ । कोरोनाका कारण २ वर्षसम्म मेला हुन सकेको थिएन ।

मेलामा कृषि, हस्तकला, स्थानीय उत्पादनसँग सम्बन्धित वस्तुहरु प्रदर्शनी र बिक्रीका लागि राखिने छन्। यसका साथसाथै पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामान बिक्री मेलाका आकर्षण छन् ।

मेला समिति सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघा अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरिएको छ । त्यसबाहेक २५ वटा उपसमिति पनि गठन गरिएको छ ।

Comments

Back to top