गत आर्थिक वर्षमा व्यवसाय विस्तारमा नबिल बैंक अगाडि, कुन बैंकको व्यवसाय कति वृद्धि ?

गत आर्थिक वर्षमा व्ययवसाय विस्तारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन ४४ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ५० प्रतिशतले बढाएको छ।

एनबिबि बैंकलाई गाभेर एकिकृत कारोबार थालिसकेको नबिल बैंक व्यवसाय विस्तारमा सबैभन्दा अगाडि देखिएको हो। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा निक्षेप संकलन र कर्जा लगानी दुबैमा नबिल बैंक अगाडि देखिएको हो।

यस्तै एनसिसि बैंकले पनि निक्षेप संकलन र कर्जा लगानी दुवै २७ प्रतिशतले बढाएको छ।

निक्षेप संकलन र कर्जा लगानीमा ४ वाणिज्य बैंकवीच तीब्र प्रतिस्पर्धा देखिएको छ। नबिल बैंक, एनआइसि एशिया बैंक, ग्लोबल आइएमइ बैंक र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन २ खर्ब रुपैयाँ भन्दा माथि छ। यी बैकहरुको कर्जा लगानी पनि २ अर्बभन्दा माथि पुगेको छ। यी बाहेकका बैंकहरुको भने निक्षेप र कर्जा दुवै २ खर्ब रुपैयाँभन्दा कम छ।

निक्षेप र कर्जामा मात्र होइन नाफामा पनि नम्बर १ बन्नको लागि यी बैंकहरुबीच तीब्र प्रतिस्पर्धा चल्दै आएको छ। नम्बर १ बन्नको लागि बैंकहरु मर्जरमा समेत तात्तिएका थिए।

यस अवधिमा नविल बैंकको निक्षेप संकलन ३ खर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३ खर्ब ९ खर्ब रुपैयाँ छ। एनआइसी एशिया बैंकको निक्षेप २ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी २ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।

ग्लोबल आइएमई बैंकको निक्षेप २ खर्ब ८६ अर्ब रुपैयाँ छ भने कर्जा २ खर्ब ७२ अर्ब पुगेको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप २ खर्ब ५६ अर्ब रुपैयाँ छ भने कर्जा २ खर्ब २८ अर्ब रुपैयाँ छ।

असार मशान्तसम्ममा सिभिल बैंकको व्यवसाय सबैभन्दा कम देखिएको छ। यस अवधिमा सिभिलको निक्षेप ९६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८७ अर्ब रुपैयाँ छ। सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ।

यस्तै सेञ्चुरी बैंकको निक्षेप १ खर्ब १ अर्ब छ भने कर्जा ९१ अर्ब, स्ट्यान्डर्ड चाटर्ड बैंकको निक्षेप १ खर्ब १ अर्ब छ भने कर्जा ८९ अर्ब रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षमा तरलता अभावको कारण बैंकहरुले धेरै व्यवसाय विस्तार गर्न सकेनन्। बैंकहरुमा पर्याप्त स्रोत नथपिँदा उनीहरुको कर्जा विस्तार पनि सुस्ताएको छ। दुई बैंकको निक्षेप संकलन नै घटेको छ। गत वर्ष राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एशिया बैंकको निक्षेप संकलन घटेको छ।

Comments

Back to top