स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ !
स्वीस बैंकमा नेपालीको मौज्दात रकम घटेको छ । स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ अनुसार नेपालीको बचत रकम २९ करोड ८० लाख स्वीस फ्र्यांक (३९ अर्ब१६ करोड) रुपैयाँ बचत स्वीस बैंकमा रहेको छ ।
सन् २०२० को स्वीस नेशनल बैंकको रिपोर्ट अनुसार नेपालीहरुको ३६ करोड ८ लाख स्वीस प्र्यान्क (४८ अर्ब ४३ करोड) रुपैयाँ बचत थियो । ७ करोड स्वीस प्र्याकले नेपालीहरुको बचत घटेको थियो । पछिल्ला वर्षहरुमा स्वीस बैंकमा रहेको नेपालीहरुको बचत घट्दै गएको रिपोर्टमा देखिन्छ । सन् २०२० मा स्वीस बैंकमा नेपालीहरुले जम्मा गरेको रकम अहिलेसम्मकै उच्च हो । सन् २०१९ को तुलनामा सन् २०२० मा मौज्जात रकम दोब्बर भएको हो । सन् २०१९ मा १७ करोड ५८ लाख स्वीस फ्र्यान्क नेपालीहरुको स्वीस बैंकमा रहेको थियो ।
स्वीस बैंकले बचतकर्ताको गोपनियता राख्ने भएको हुँदा कसले पैसा जम्मा गरेको र कसले झिकेको हो त्यसको जानकारी हुँदैन । नेपालमा रोचक कुरा के छ भने नेपालमा द्वन्द्व शुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्विस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ ।
१९९६ देखि २०२१ सम्म नेपालीले स्वीस ब्यांकमा तीन अर्ब १८ करोड ९३ लाख स्वीस फ्र्यान्क (४ खर्ब नेपाली रुपैयाँ) राखेको देखिन्छ । स्वीस बैंकमा पैसा राख्ने तथा निकाल्ने व्यक्तिको तथ्यांक उपलब्ध हुने गर्दैन ।
Comments