वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरतामा अघि बढ्दै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाले वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा ३०० जनाभन्दा बढी ग्राहकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, बाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराएका थिए ।

उक्त शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आफ्ना ग्राहकहरूमा डिजिटल प्रविधिको पहुँच बिस्तार तथा वित्तीय साक्षरता गराएका थिए ।

एजेन्सी

Comments

Back to top