नेप्सेमा ४.७८ अंकको वृद्धि, २ अर्ब ६५ करोडको सेयर कारोबार !

बिहिबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१३ कम्पनीको कुल ६६ लाख १४ हजार ४४५ कित्ता सेयर २ अर्ब ६५ करोड ३३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२० कम्पनीको सेयर मूल्य बढेको छ, ११५ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक  बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा हिमालय उर्जा विकास कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा सर्वोतम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ३७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट्स लिमिटेडको कारोबार भयो।

 

 

Comments

Back to top