नेप्से ३.२४ अंकले घट्यो, २ अर्ब ३६ करोडको सेयर कारोबार!

बिहिबार नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०३ कम्पनीको कुल ६३ लाख १२ हजार ५५२ कित्ता सेयरको करिब २ अर्ब ३६ करोड ६९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८८ कम्पनीको सेयर मूल्य बढेको छ, १४९ कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ५ उपसमूहको परिसूचक  बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सबैको लघुवित्त वित्तीय संसथा लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.८३% ले घटेको छ। कारोबार रकमका आधारमा पोखरा फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड २६ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सबैभन्दा धेरै मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको कारोबार भएको छ।

 

Comments

Back to top