रियलमी सि-५५ छुट मूल्यमा उपलब्ध

रियलमीको रियलमी सि-५५ अब छुट मूल्यमा उपलब्ध हुने भएको छ।

पहिला २१,९९९ रूपैयाँ पर्ने ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले १५,४९९ रूपैयाँमा उपलब्ध हुने भएको छ।

यसमा ६४ एमपिको क्यामरा हो। यसको ८ एमपिको लेन्स सेल्फी क्यामराले १०८० पि को भिडियो रेकर्ड गर्न सक्ने कम्पनीले जनाएको छ।

रियलमी सि-५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ। जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ। यसले २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको बताइएको छ।

रियलमी सि-५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ। ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ।

रियलमी सि–५५ को ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्ट अब १५,४९९ रूपैयाँमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

Comments

Back to top